२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेरुडे मिर्मिरे लघुवित्तको संस्थापक सेयर बिक्रीमा

नेरुडे मिर्मिरे लघुवित्तको संस्थापक सेयर बिक्रीमा

695
Shares

काठमाडौं – नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले २ जना संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको ६८ हजार १२८ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।
यो सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न चाहने विद्यमान संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र बनेपामा रहेको संस्थाको केन्द्रीय कार्यालयमा लिखित जानकारी दिनु पर्नेछ ।

तोकिएको समयसम्म कुनै लिखित आवेदन नआएमा अन्य व्यक्ति तथा कम्पनीका लागि उक्त सेयर बिक्री गरिने संस्थाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij