२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

घारोही सिमेन्टको ४ करोड बढी कित्ता शेयरको लइकन अवधि सकिँदै

घारोही सिमेन्टको ४ करोड बढी कित्ता शेयरको लइकन अवधि सकिँदै

720
Shares

काठमाडौं- घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडको ४ करोडभन्दा बढी कित्ता शेयरको लकइन अवधि समाप्त हुने भएको छ।

कम्पनीका अनुसार कुल ४ करोड ३ लाख १८ हजार १११ कित्ता शेयरको लकइन अवधि आगामी असार ३१ गतेबाट सकिनेछ। लकइन अवधि सकिएसँगै सम्बन्धित शेयरधनीहरूले आफ्नो शेयर कारोबार गर्न सक्नेछन्।

हाल कम्पनीको संस्थापक समूह अन्तर्गत ४ करोड १ लाख ९५ हजार ६३४ कित्ता, उद्योग प्रभावित स्थानीय बासिन्दाको २४ हजार ७०५ कित्ता तथा कर्मचारीको ९७ हजार ७७२ कित्ता शेयर लकइनमा रहेको छ।

प्रचलित व्यवस्था अनुसार कुनै पनि कम्पनीको सर्वसाधारणका लागि जारी गरिएको आईपीओ बाँडफाँट भएको मितिबाट संस्थापक, आयोजना प्रभावित स्थानीय तथा कर्मचारीको शेयर तीन वर्षसम्म लकइनमा राख्नुपर्ने प्रावधान छ।

यद्यपि, कम्पनीले सञ्चालक तथा उच्च व्यवस्थापकीय पदमा कार्यरत कर्मचारीको शेयर भने सम्बन्धित पदमा रहुञ्जेल वा नियामकीय व्यवस्था अनुसार रोक्का रहने जनाएको छ। लकइन अवधि समाप्त भएसँगै बजारमा ठूलो परिमाणमा शेयर कारोबारका लागि खुला हुने भएकाले यसले कम्पनीको शेयरको आपूर्ति तथा बजार गतिविधिमा प्रभाव पार्न सक्ने विश्लेषण गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij