२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एनआईसी एशिया बैंकद्वारा प्यान र ईमेल ठेगाना अद्यावधिक गर्न आग्रह

एनआईसी एशिया बैंकद्वारा प्यान र ईमेल ठेगाना अद्यावधिक गर्न आग्रह

710
Shares

काठमाडौं – एनआईसी एशिया बैंकले आफ्ना सम्पूर्ण ग्राहकहरूलाई बैंक खातामा स्थायी लेखा नम्बर (प्यान) तथा ईमेल ठेगाना यथाशीघ्र अद्यावधिक गर्न आग्रह गरेको छ।
बैंकका अनुसार ग्राहकहरूको खाताबाट गरिएको करकट्टीको विवरण ‘आयकर ऐन, २०५८’ बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालय अन्तर्गत आन्तरिक राजश्व विभागद्वारा जारी गरिएको स्थायी लेखा नम्बर प्रणालीमा आवद्ध गर्न आवश्यक रहेको छ। सोही प्रयोजनका लागि ग्राहकहरूले आफ्नो प्यान विवरण अद्यावधिक गर्नु अनिवार्य रहेको बैंकले जनाएको छ।

ग्राहकहरूले बैंकको आधिकारिक पोर्टल panupdate.nicasiabank.com वा एनआईसी एशिया मोबाइल बैंकिङ एप मार्फत (NIC ASIA MoBank) विकल्प प्रयोग गरी सजिलै आफ्नो प्यान विवरण अद्यावधिक गर्न सक्नेछन्। साथै, आफूलाई पायक पर्ने बैंकको जुनसुकै शाखा कार्यालयमा गई प्यान अद्यावधिकका लागि आवेदन दिन सकिने व्यवस्था समेत मिलाइएको छ।

बैंकले निक्षेपकर्तालाई भुक्तानी गरिने ब्याजबाट कट्टा गरिएको करलाई आयकर प्रणालीमा सही रूपमा अभिलेख गर्न प्यान अनिवार्य हुने स्पष्ट पारेको छ। प्यान अद्यावधिक भएपछि करकट्टीको विवरण स्वचालित रूपमा अनुसूची–१० मा मिलान हुने हुँदा ग्राहकहरूलाई करकट्टी प्रमाणपत्र तथा कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न सहज हुने बैंकको विश्वास छ। यसबाट प्रमाणपत्र लिन बैंक धाउनुपर्ने अवस्थाको समेत अन्त्य हुने अपेक्षा गरिएको छ।

बैंकले प्यान अद्यावधिक नगरिएको कारण कर दाखिला नभएको वा पछि करमा थप समायोजन गर्नुपर्ने अवस्था आएमा बैंक जिम्मेवार नहुने व्यहोरा समेत ग्राहकहरूलाई जानकारी गराएको छ।

यसैगरी, एनआईसी एशिया बैंकले ग्राहकहरूलाई आफ्नो खातामा ईमेल ठेगाना पनि अद्यावधिक गर्न अनुरोध गरेको छ। ग्राहकहरूले बैंकको भिडियो केवाईसी प्रणाली वा मोबाइल बैंकिङ एपमार्फत Change Email विकल्प छनोट गरी आफ्नो ईमेल ठेगाना अद्यावधिक गर्न सक्नेछन्। आवश्यक परेमा नजिकको शाखा कार्यालयमा गई आवेदनमार्फत पनि ईमेल ठेगाना अद्यावधिक गर्न सकिने बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij