२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा दाहाल नियुक्त

राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा दाहाल नियुक्त

605
Shares

काठमाडौँ – सरकारले राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा अर्थ मन्त्रालयका वरिष्ठ सहसचिव सुमन दाहाललाई नियुक्त गरेको छ। सरकारले सार्वजनिक संस्थान तथा बोर्डहरूमा अघिल्लो कार्यकालमा राजनीतिक नियुक्तिबाट आएका पदाधिकारीलाई पदमुक्त गर्ने नीति अघि बढाइरहेका बेला राष्ट्रिय वाणिज्य बैंकको नेतृत्वमा परिवर्तन गरिएको हो।

यसअघि बैंकका अध्यक्ष देवकुमार ढकालले बदलिएको राजनीतिक परिस्थिति र सरकारको निर्देशनात्मक नीतिपछि पदबाट राजीनामा दिएका थिए। उनको राजीनामापछि रिक्त रहेको अध्यक्ष पदमा अर्थ मन्त्रालयको तर्फबाट सञ्चालकका रूपमा प्रतिनिधित्व गर्दै आएका दाहाललाई अध्यक्षको जिम्मेवारी दिइएको हो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij