२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

१० महिनामै व्यापार घाटा १४ खर्ब ४३ अर्ब ६८ करोड

१० महिनामै व्यापार घाटा १४ खर्ब ४३ अर्ब ६८ करोड

430
Shares

काठमाडौं –  चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो १० महिनामा नेपालको वैदेशिक व्यापारमा आयात र निर्यात दुवैतर्फ वृद्धि भएको छ।  नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२।८३ को वैशाखसम्मको तथ्यांकले यस्तो देखएको हो। यो १० महिनामा कुल वस्तु व्यापार घाटा १४.९ प्रतिशतले वृद्धि भई रु. १४ खर्ब ४३ अर्ब ६८ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ६.७ प्रतिशतले वृद्धि भएको थियो। समीक्षा अवधिमा निर्यात–आयात अनुपात १४.७ प्रतिशत पुगेको छ।

समीक्षा अवधिसम्म कुल वस्तु निर्यात १४.२ प्रतिशतले वृद्धि भई रु. २ खर्ब ४८ अर्ब ९६ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ७२.७ प्रतिशतले वृद्धि भएको थियो। गन्तव्यका आधारमा भारत र अन्य मुलुकतर्फको निर्यात क्रमशः १६.१ प्रतिशत र ९.५ प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फको निर्यातमा ४१.७ प्रतिशतले कमी आएको छ।

यसैगरी चालु आर्थिक वर्षको १० महिनामा कुल वस्तु आयात १४.८ प्रतिशतले वृद्धि भई रु. १६ खर्ब ९२ अर्ब ६४ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १३.१ प्रतिशतले वृद्धि भएको थियो। वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन र अन्य मुलुकबाट भएको आयात क्रमशः १०.६ प्रतिशत, २१.४ प्रतिशत र २०.७ प्रतिशतले वृद्धि भएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij