काठमाडौं – साता कारोबारको दोस्रो दिन मंगलबार नेप्से १.५४ अकंले घटेर २७३३.५९ बिन्दुमा कायम भएको छ । आज ३५७ कम्पनीको १ करोड २३ लाख ७९ हजार कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ४४ करोड १७ लाख रुपैयाँको कारोबार भएको हो ।
मंगलबार १०५ कम्पनीको शेयर मूल्य बढेको छ भने १५१ कम्पनीको घटेको छ । १५ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो । आज सबैभन्दा धेरै एग्रिकल्चर बोण्डको सबैभन्दा धेरै कारोबार भएको । आज यसको ५७ करोड रुपैयाँको कारोबार भएको छ ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij