काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.५४ अकंले घटेर २७३३.५९ बिन्दुमा कायम भएको छ । यस दिन सेन्सेटिभ इण्डेक्स ०.२९ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.१२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०९ अंक घटेको छ। आज ३५७ कम्पनीको १ करोड २३ लाख ७९ हजार कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ४४ करोड १७ लाख रुपैयाँको कारोबार भएको हो ।
यसदिन ९ उपसूचक राताम्य भएको छ भने ४ उपसूचकमा सामान्य सुधार देखिएको हो । फाइनान्स समूहको शेयर मूल्य सर्वाधिक १.०१ प्रतिशतले घटेको हो ।
मंगलबार १०५ कम्पनीको शेयर मूल्य बढेको छ भने १५१ कम्पनीको घटेको छ । १५ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।
आज सबैभन्दा धेरै एग्रिकल्चर बोण्डको सबैभन्दा धेरै कारोबार भएको । आज यसको ५७ करोड रुपैयाँको कारोबार भएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij