२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

चार जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न सरकारको स्वीकृति

चार जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न सरकारको स्वीकृति

605
Shares

काठमाडौँ -मन्त्रिपरिषद्ले चार जलविद्युत् आयोजनाका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको छ।

मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले तल्लो अरुण जलविद्युत् आयोजना, लोवर न्यादी खोला जलविद्युत् आयोजना, घुन्सा खोला जलविद्युत् आयोजना तथा तादी खोला जलविद्युत् आयोजनालाई आवश्यक वन क्षेत्र उपयोग गर्न अनुमति प्रदान गर्ने निर्णय गरेको हो।

सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलका अनुसार उक्त निर्णय मन्त्रिपरिषद् बैठकबाट पारित भएको हो।

सरकारको निर्णयसँगै सम्बन्धित जलविद्युत् आयोजनाले प्रचलित कानुनी व्यवस्था र स्वीकृत मापदण्डअनुसार राष्ट्रिय वन क्षेत्र उपयोग गर्ने प्रक्रिया अघि बढाउन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij