२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

विद्युतीय माध्यमबाट १० लाखसम्म कर्जा लिन सकिने

विद्युतीय माध्यमबाट १० लाखसम्म कर्जा लिन सकिने

500
Shares

काठमाडौं – नेपाल राष्ट्र बैंकले डिजिटल कर्जाको सीमामा लचकता अपनाएकाे छ । साेमबार ‘विद्युतीय माध्यमबाट प्रवाह हुने कर्जासम्बन्धी मार्गनिर्देशन, २०७८’लाई संशोधन गर्दै केन्द्रीय बैंकले कर्जामा लचकता अपनाएकाे हो। केन्द्रीय बैंकले लघु, साना तथा मझौला व्यवसायीलाई समेत विद्युतीय माध्यमबाट सहजै ऋण पाउने व्यवस्था गरेको छ।

नयाँ परिपत्रअनुसार अब डिजिटल माध्यमबाट १० लाख रुपैयाँसम्म कर्जा लिन सकिनेछ। यसअघि डिजिटल कर्जाको सीमा अधिकतम ५ लाख रुपैयाँसम्म मात्र सीमित रहेको थियाे । साना व्यवसायीले आफ्नो कारोबारको प्रकृतिका आधारमा १० लाख रुपैयाँसम्म ऋण लिन सक्ने व्यवस्था गरिएको हो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij