२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आगामी आर्थिक वर्षमा कुन प्रदेश र स्थानीय तहले कति अनुदान पाए? (सूचीसहित)

आगामी आर्थिक वर्षमा कुन प्रदेश र स्थानीय तहले कति अनुदान पाए? (सूचीसहित)

835
Shares

काठमाडौं – आगामी आर्थिक वर्ष २०८३/८४ मा सरकारले विभिन्न चार प्रकारका अनुदानवापत प्रदेश र स्थानीय तहमा ४ खर्ब २४ अर्ब २७ करोड रुपैयाँ बराबर हस्तान्तरण गर्दैछ ।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको अन्तर सरकार वित्तीय हस्तान्तरण अनुसार आगामी आवमा प्रदेशमा मात्र १ खर्ब ९ अर्ब र स्थानीय तहमा ३ खर्ब १४ अर्ब रुपैयाँ बराबर वित्तीय हस्तान्तरण हुनेछ । स्थानीय तहभित्र पनि महानगरपालिकालाई ११ अर्ब ७३ करोड, उपमहानगरपालिकालाई ११ अर्ब ५० करोड र नगरपालिकालाई १ खर्ब ३८ अर्ब ६६ करोड विनियोजन गरिएको छ ।

गाउँपालिकाले १ खर्ब ५२ अर्ब ७१ करोड रुपैयाँ बराबर अनुदान पाउने छन् । आगामी आवमा सरकारले प्रदेशलाई ६१ अर्ब ५० करोड र स्थानीय तहलाई ९० अर्ब २० करोड वित्तीय समानीकरण अनुदान उपलब्ध गराउने छ ।

सशर्त अनुदान प्रदेशमा ३९ अर्ब ७२ करोड र स्थानीय तहमा २ खर्ब ६ अर्ब विनियोजन गरिएको छ । विशेष अनुदान प्रदेशमा ३ अर्ब ८२ करोड र स्थानीय तहमा ९ अर्ब ४० करोड विनियोजन गरिएको छ । समपूरक अनुदान प्रदेशमा ४ अर्ब ६० करोड र स्थानीय तहमा ८ अर्ब ९२ करोड छुट्याइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij