काठमाडौं – कृषि बिकास बैंकको अध्यक्ष पदमा टंकप्रसाद पाण्डेय नियुक्त भएका छन् । हुनु भएको छ । बैंक संचालक समितिबाट बैंक संचालक समितिको अध्यक्ष पदमा पाण्डेय नियुक्त भएका हुन् । नवनियूक्त अध्यक्ष निजामति सेवामा २५ वर्ष देखि कार्यरत रही महत्वपूर्ण अनुभव प्राप्त गरेका छन् । पाण्डेयसँग आर्थिक क्षेत्र लगायत विभिन्न निकायमा कार्य गरेको अनुभव समेत रहेको छ ।
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन अनुसार नवनियूक्त बैंक अध्यक्षलाई नेपाल राष्ट्र बैंकका गर्भनर समक्ष सपथ ग्रहण गराउनु पर्ने प्राबधान अनुसार अध्यक्ष टंकप्रसाद पाण्डेयलाई नेपाल राष्ट्र बैंकको केन्द्रिय कार्यालय बालुवाटार काठमाण्डौमा गर्भनर प्रा.डा. विश्वनाथ पौडेलले सपथ ग्रहण गराए ।
उक्त अवसरमा नेपाल राष्ट्र बैंकका डिपुटी गर्भनर किरण पण्डीत, कार्यकारी निर्देशकहरु क्रमशः रामु पौडेल, गरुप्रसाद पौडेल, दिर्घ बहादुर रावल, मुक्ती नाथ सापकोटा, निर्देशक मिरा ताल्चाभडेल, नेपाल राष्ट्र बैंकका बोर्ड सचिव शरण कुमार अधिकारी, कृषि विकास बैंकका बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, कम्पनी सचिव तथा प्रवक्ता श्री हिमलाल पौडेल समेतको उपस्थित रहेको थियो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij