२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्से परिसूचक २०.२७ अंकले घट्यो

नेप्से परिसूचक २०.२७ अंकले घट्यो

785
Shares

काठमाडौं – साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। आज नेप्से परिसूचक २०.२७ अंकले घटेर २,७३५ को विन्दुमा कायम भएको छ । सेन्सेटिभ इण्डेक्स २.६२ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.२४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८९ अंक घटेको छ।

आज दिनभरिमा ३५६ कम्पनीको ९२ लाख ३६ हजार ६७७ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ८ करोड माथिको शेयर कारोबार भएको छ ।  आज ४३ कम्पनीको शेयर मूल्य बढेको छ भने २२१ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज सबैभन्दा धेरै सेन्ट्रल फाइनान्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २० करोड ४६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij