२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा खत्री निर्वाचित

वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा खत्री निर्वाचित

595
Shares

काठमाडौं–  नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नेतृत्वमा डिकबहादुर खत्री (कुमार) चयन भएका छन् ।  खत्रीले ३४७ मत प्राप्त गर्दै विजयी भए । उनका प्रतिस्पर्धी मेघनाथ भुर्तेलले १९२ मत तथा हरिबहादुर पाण्डे क्षेत्रीले १७० मत प्राप्त गरेका छन् ।

पदाधिकारीतर्फ प्रथम उपाध्यक्षमा महेश बस्नेत, द्वितीय उपाध्यक्षमा अनिल बोगटी, महासचिवमा हरि डाँगी, सचिवमा केदारनाथ अधिकारी र कोषाध्यक्षमा धनमाया सिन्जाली निर्वाचित भएका छन् । तृतीय उपाध्यक्षमा लक्ष्मण पौडेल तथा सदस्य पदमा गीता राउत र दीक्षा दाहाल विजयी भएका छन्।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij