काठमाडौं – महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर लिलाम बिक्रीमा राखेको छ। कम्पनीले ८४ हजार ५३७ कित्ता संस्थापक शेयर लिलाम बिक्रीमा राखेको छ । संस्थापक शेयरधनी निरु कुथुमी राईको नाममा रहेको ७४ हजार २४६ कित्ता र इन्दिरा गिरीको नाममा रहेको १० हजार २९१ कित्ता शेयर लिलामीमा राखेको हो।
कम्पनीले उक्त शेयर संस्थापक, सर्वसाधारण लगायत सबैले किन्न पाउने गरी बिक्रीमा राखेको हो। शेयरको मूल्य प्रतिकित्ता न्यूनतम ५१५ रुपैयाँ तोकिएको छ। यसमा आवेदन दिंदा न्यूनतम १ हजार कित्ता र अधिकतममा १० को गुणांकमा वा सम्पूर्ण कित्ता माग गर्न सक्नेछन्।
यसमा असार ७ गतेभित्र आवेदन दिइसक्नु पर्नेछ। आवेदन फाराम काठमाडौंको कमलादीस्थित एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड (बिक्री प्रबन्धक) मा पेश गर्नु पर्नेछ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij