२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्से साप्ताहिक समीक्षा : परिसूचक करिब १ प्रतिशत घट्यो, कारोबार रकममा पनि गिरावट

नेप्से साप्ताहिक समीक्षा : परिसूचक करिब १ प्रतिशत घट्यो, कारोबार रकममा पनि गिरावट

815
Shares

काठमाडौं – यस साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ०.९६ प्रतिशतले घटेर बन्द भएको छ। गत साता २७८२.१० विन्दुमा रहेको नेप्से यस साता २६.६९ अंकले घट्दै २७५५.४१ विन्दुमा पुगेको हो।

साताभर पाँच कारोबार दिन बजार खुला रहेकामा दुई दिन नेप्से बढेको थियो भने तीन दिन घटेर बन्द भएको थियो। यस अवधिमा सेन्सेटिभ इण्डेक्स ३.५२ अंकले घटेको छ। त्यस्तै फ्लोट इण्डेक्स र सेन्सेटिभ फ्लोट इण्डेक्स दुवै १.०९ अंकले ओरालो लागेका छन्।

कारोबार रकममा पनि गिरावट देखिएको छ। गत साता दैनिक औसत ५ अर्ब ६२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएकोमा यस साता दैनिक औसत कारोबार ५ अर्ब ३८ करोड रुपैयाँमा सीमित भएको छ। यो गत साताको तुलनामा ४.१७ प्रतिशत कम हो।

त्यसैगरी, दैनिक औसत कारोबार भएको शेयर संख्या ११.२३ प्रतिशतले घटेको छ भने दैनिक औसत कारोबार संख्या ६.६० प्रतिशतले कमी आएको छ।

नेप्से परिसूचकसँगै कुल बजार पूँजीकरण पनि घटेको छ। गत साताको अन्तिम कारोबार दिन ४७ खर्ब ४६ अर्ब रुपैयाँ रहेको कुल बजार पूँजीकरण यस साता ४५ अर्ब रुपैयाँले घटेर ४७ खर्ब १ अर्ब रुपैयाँमा झरेको छ।

बजार विश्लेषकहरूका अनुसार लगानीकर्तामा देखिएको पर्ख र हेरको अवस्था, नाफा बुकिङ तथा बजारमा नयाँ सकारात्मक संकेतको अभावका कारण यस साता नेप्से र कारोबार गतिविधि दुवैमा दबाब देखिएको हो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij