२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

यी हुन शेयर बजारमा आज उच्च कारोबार भएका १० कम्पनी

यी हुन शेयर बजारमा आज उच्च कारोबार भएका १० कम्पनी

660
Shares

काठमाडौं – शुक्रबार नेप्से परिसूचक ११.३७ अंक घटेर २७५५.४१ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.७७ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.७१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६२ अंक घटेको छ।

३५१ स्टकको ५५ हजार ४६७ पटकको कारोबारमा ५ अर्ब ६२ करोड ५६ लाख ११ हजार रुपैयाँबराबरको १ करोड २७ लाख ३२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

सर्वाधिक आँखुखोला जलविद्युत कम्पनीको ५५ करोड ६९ लाख रुपैयाँ, सिटि होटलको १९ करोड ६० लाख रुपैयाँ, १०.२५% एनबीबीएल डिबेन्चर २०८५ को १८ करोड ८६ लाख रुपैयाँ, सेन्ट्रल फाइनान्सको १८ करोड ५० लाख रुपैयाँ र रिडी पावरको १५ करोड १६ लाख रुपैयाँमाथिको शेयर किनबेच भएको छ।

त्यसैगरी रिलायन्स स्पिनिङ मिल्सको १५ करोड ८ लाख रुपैयाँ, बेष्ट फाइनान्सको १३ करोड ५० लाख रुपैयाँ, एभरेष्ट बैंकको १२ करोड ६१ लाख रुपैयाँ, रिलायन्स फाइनान्सको ९ करोड ९६ लाख रुपैयाँ र मञ्जुश्री फाइनान्सको ९ करोड ६० लाख रुपैयाँमाथिको शेयर किनबेच भएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij