२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

महुली लघुवित्तको संस्थापक सेयर बिक्रीमा

महुली लघुवित्तको संस्थापक सेयर बिक्रीमा

775
Shares

काठमाडौं – महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले एक सूचजा जारी गर्दै २० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
सेयर खरिदका लागि जो कोही व्यक्ति,कम्पनी तथा संस्थाले आवेदन दिन सक्नेछन् । यस अघि गत वैशाख १५ गते ३५ दिने सूचना जारी गरी विद्यमान संस्थापक सेयरधनीहरुका लागि उक्त सेयर बिक्रीमा राखिएको थियो । तर विद्यमान संस्थापकबाट खरिद बावेदन नपरेकाले सर्वसाधारणलाई बिक्री गर्न लागिएको संस्थाले जनाएको छ ।

सेयर खरिद गर्न ईच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र आवश्यक कागजात प्रमाण संलग्न गरी सप्तरीमा रहेको संस्थाको केन्द्रीय कार्यालयमा आवेदन दिनु पर्नेछ । सेयरको मूल्य बिक्रेताले तोके बमोजिम हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij