काठमाडौं – हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडको सीईओमा शैलेश सुवेदी नियुक्त भएका छन् । सञ्चालक समितिको जेठ १९ गते बसेको बैठकले सुवेदीलाई सीईओ नियुक्त गर्ने निर्णय गरेको कम्पनी सचिव सुभाष पौडेलले जनाएका छन् । कार्यभार सम्हालेको मितिबाट ४ वर्षको लागि सुवेदीको कार्यकाल रहने छ ।
साथै, सुवेदीले आफ्नो कार्यभार असार १५ गतेभित्र भित्रमा सम्हाल्ने समेत बैंकले जनाएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij