२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्से सामान्य अकंले बढ्यो, ५ अर्ब ७३ करोडको कारोबार

नेप्से सामान्य अकंले बढ्यो, ५ अर्ब ७३ करोडको कारोबार

565
Shares

काठमाडौं – बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.६६ अकंले बढेर २७८०.२५ बिन्दुमा कायम भएको छ । यस दिन सेन्सेटिभ इण्डेक्स १.९३ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.४१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६१ अंक बढेको छ। आज ३४७ कम्पनीको १ करोड ३५ लाख २१ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ७३ करोड ८१ लाख रुपैयाँको कारोबार भएको हो ।

यसदिन ६ उपसूचक घटेका छन् भने ७ उपसूचकमा सुधार देखिएको छ । बुधबार १४९ कम्पनीको शेयर मूल्य घटेको छ भने ११६ कम्पनीको घटेको छ । ६ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको हो ।

आज सबैभन्दा धेरै आँखुखोला जलविद्युतको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ४४ करोड २३ लाख रुपैयााको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको २१ करोड ८५ लाख रुपैयााको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij