काठमाडौं – नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले संस्थापक शेयरधनी आइएमई लिमिटेडको स्वामित्वमा रहेको १० लाख ८० हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ।
संस्थापक शेयर बिक्री गर्दा विद्यमान संस्थापक शेयरधनीहरूलाई प्राथमिकता दिनु पर्ने भएकोले हाल निफ्राकै विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै उक्त शेयर खरीद गर्न सक्नेछन्। शेयरको मूल्य प्रतिकित्ता न्यूनतम १०० रुपैयाँ तोकिएको छ।
शेयर किन्न इच्छुक संस्थापक शेयरधनीले आगामी ३५ दिनभित्र आवश्यक कागजात सहित बानेश्वरस्थित बैंकको कार्यालयको कानून विभागमा लिखित आवेदन दिनु पर्नेछ। तोकिएको म्यादभित्र संस्थापक शेयरधनीबाट आवेदन प्राप्त नभएमा सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने बैंकले उल्लेख गरेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij