काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २२.२१ अकंले बढेर २७७७.५८ बिन्दुमा कायम भएको छ । आज ३४६ कम्पनीको १ करोड १३ लाख ८३ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब २६ करोड ३८ लाख रुपैयाँको कारोबार भएको हो ।
आज फाइनान्सको शेयर मूल्य सर्वाधिक बढेको छ । यसदिन फाइनान्स समूहको शेयर मूल्य मात्रै ६.०३ प्रतिशतले बढेको हो । साथै, अन्य ११ कम्पनीको शेयर मूल्यमा समेत सुधार देखिएको छ ।
मंगलबार १८४ कम्पनीको शेयर मूल्य बढेको छ भने ७७ कम्पनीको घटेको छ । १० कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।
आज सबैभन्दा धेरै आँखुखोला जलविद्युतको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ४६ करोड ७६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij