२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्सेमा एनएमबि बैंकको अग्राधिकार शेयर सूचीकृत

नेप्सेमा एनएमबि बैंकको अग्राधिकार शेयर सूचीकृत

585
Shares

काठमाडौं – एनएमबि बैंकको अग्राधिकार शेयर बिहीबार नेप्सेमा सूचीकृत भएको छ। नेप्सेमा एनएमबि बैंकको ३ अर्ब रुपैयाँबराबरको ‘एनएमबि अविमोच्य अञ्चिति अग्राधिकार शेयर’ सूचीकृत भएको हो। जसअनुसार बैंकको १०० रुपैयाँ अंकित दरका कुल ३ करोड कित्ता अग्राधिकार शेयर सूचीकृत भएको छ।

बैंकले यो अग्राधिकारको लाभांश दर ८.२५ प्रतिशत तय गरेको छ। जुन मुनाफा भएको वर्षमात्र वितरण गरिन्छ। अब एनएमबि बैंकको अग्राधिकार शेयर पनि भोलि बुधबारबाट कारोबारमा आउनेछ। यो शेयर संस्थागत लगानीकर्ताबीच मात्र किनबेच हुनेछ। किनकि सर्वसाधारण लगानीकर्ता, धितोपत्र बोर्डबाट अनुमति प्राप्त धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी, मर्चेन्ट बैंकरलगायत) र सामूहिक लगानी कोषले यो अग्राधिकार शेयर खरिदबिक्री गर्न नपाउने व्यवस्था रहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij