२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

लंका प्रिमियर लिग सन्दीप, दीपेन्द्र र कुशलले खेल्ने

लंका प्रिमियर लिग सन्दीप, दीपेन्द्र र कुशलले खेल्ने

890
Shares

काठमाडौँ –   नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले श्रीलंकाको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता लंका प्रिमियर लिग (एलपीएल) खेल्ने भएका छन् ।  नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछाने श्रीलंकामा हुने फ्रेन्चाइज लिगका लागि अनुबन्धित भएका छन्। उनलाई जाफ्ना किङ्सले टोलीमा समावेश गरेको हो।

प्रतियोगिताको खेलाडी छनोट क्रममा लामिछाने गोल्ड क्याटेगोरीमा सूचीकृत थिए। उक्त श्रेणीमा उनी करिब २० हजार अमेरिकी डलर (झण्डै ३० लाख रुपैयाँ) मूल्यमा खरिद भएका हुन्।

त्यसैगरी  श्रीलंकन प्रिमियर लिग (एलपीएल) मा नेपालका अलराउन्डर दीपेन्द्र सिंह ऐरी र कुशल भुर्तेल अनुबन्धित भएका छन्। दीपेन्द्रलाई जाफ्ना किङ्सले टोलीमा समावेश गरेको छ भने कुशल भुर्तेललाई कोलम्बो क्यापिटल्सले खरिद गरेको हो। दीपेन्द्र र कुशल एसोसिएट्स क्याटेगोरीबाट चयन भएका हुन्। उक्त श्रेणीमा खेलाडीको आधार मूल्य १५ हजार अमेरिकी डलर तोकिएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij