काठमाडौं – एनआईसी एशिया बैंक लिमिटेडको २८औं वार्षिक साधारण सभाले चुक्ता पुँजीको २ः१ अनुपातमा हकप्रद शेयर जारी गर्न स्वीकृति प्रदान गरेकाे छ । बैंककाे साेमबार बसेकाे साधारण सभाले यस्ताे स्वीकृत प्रदान गरेकाे हाे ।
काठमाडौं भद्रकाली स्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०८२ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरणहरु उपर छलफल गरी स्वीकृत गरेको छ ।
सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम सम्बन्धित निकायहरुको आवश्यक स्वीकृति प्राप्त गरी बैंकको तत्काल कायम गरेको साधारण शेयरको चुक्ता पुँजीको २ः१ अनुपातमा हकप्रद शेयर जारी गर्न सभाले स्वीकृति प्रदान गर्नुको साथै अन्य विभिन्न प्रस्तावहरु पारित गरेको छ । सभाले संस्थापक शेयरधनीहरुको तर्फबाट अशोक कुमार अग्रवाल, रामचन्द्र संघई, जयन्तकुमार अग्रवाल र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट आदित्यकुमार अग्रवाल, केशव प्रसाद लम्साल र अनुपाप्रधान राजभण्डारीलाई निर्विरोध निर्वाचित गरेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij