२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

तारा अधिकारीको नयाँ गीत ‘नभनेका कति कुरा’ सार्वजनिक

तारा अधिकारीको नयाँ गीत ‘नभनेका कति कुरा’ सार्वजनिक

655
Shares

काठमाडौं – गीतकार तारा अधिकारीको नयाँ गीत ‘नभनेका कति कुरा’ सार्वजनिक भएको छ। प्रेम, भावना र सम्बन्धका  पक्षलाई समेटेर तयार गरिएको यस गीतले संगीतप्रेमी दर्शक तथा श्रोतामाझ सकारात्मक प्रतिक्रिया पाइरहेको छ।

गीतमा तारा अधिकारीको शब्द सिर्जना रहेको छ भने किरण कँडेलले संगीत भरेका छन्। कुशल सिंहको संगीत संयोजन रहेको गीतमा चर्चित गायक–गायिका रजिना रिमाल र करण परियारको स्वर सुन्न सकिन्छ।

गीतको रेकर्डिङ शम्भु कुमार तन्डुकारले गरेका हुन् भने अशोक महर्जनले मिक्सिङ गरेका छन्। मिक्सिङ सुपरभिजन तथा मास्टरिङको जिम्मेवारी संगीतकार किरण कँडेलले नै सम्हालेका छन्।

गीतसँगै सार्वजनिक गरिएको म्युजिक भिडियोमा कलाकार महेश खड्का र स्मृति श्रेष्ठको आकर्षक अभिनय देख्न सकिन्छ। भिडियोको मेकअप कबिता तोलाङ्गीले गरेकी छन् भने अनुजा अधिकारीले कोरियोग्राफी गरेकी छन्। मनीष डीकेले प्रोडक्सन म्यानेजरको भूमिका निर्वाह गरेका छन्।

भिडियोको छायांकन विनोद बलले गरेका हुन्। नारोत्तम पाण्डेले सम्पादन तथा कलर गरेका छन्। बाबुराम निरौला भिडियोका प्रमुख सहायक निर्देशक हुन्।

गीतको निर्देशन तथा निर्माण तारा अधिकारीले गरेकी हुन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij