काठमाडौं – दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले विशेष साधारण सभा आह्वान गरेको छ । जेठ १५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी असार १ गते ललितपुरको चापागाउँमा रहेको हिमशिखर पार्टी भेन्यूमा बिहान ९ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।
उक्त सभामा जारीपूँजी संशोधनसहित कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने, कम्पनीको चुक्तापूँजीको १ः०.२८८४७४७४ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने अनुमति प्राप्त भएपनि दशमलब सेयर संख्या आउने हुँदा नजिकको अंकमा परिवर्तन गरी हुने रकमबराबरको हप्रद निष्कासन गर्ने र हकप्रद निष्कासनको विषयमा नियमनकारी निकायबाट कुनै आवश्यक संशोधन गर्न निर्देशन प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।
विशेष साधारण सभा प्रयोजनका लागि कम्पनीले जेठ २५ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij