२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

ट्राफिक कारवाहीमा छ लाख ४४ हजार राजस्व संकलन

ट्राफिक कारवाहीमा छ लाख ४४ हजार राजस्व संकलन

715
Shares

काठमाडौँ – बितेका २४ घण्टामा एक हजार ७७३ सवारी चालक सवारी नियम उल्लंघनको कारवाहीमा परेका छन् । यसबाट राज्यकोषमा  छ लाख ४४ हजार ५०२ राजस्व दाखिला भएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका १००, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका ११८, संकेत बत्ती उल्लंघनकर्ता १३६ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका २३७ जनालाई कारबाही गरिएको हो ।

यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ८२, निषेधित क्षेत्रमा हर्न बजाउने ८९, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने १२०, एकतर्फी सडकमा सवारी चलाउने ९१ र अन्य सवारी नियम पालना नगरेका ८०० जनालाई कारबाही गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij