२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

जनकपुरधामलाई विवाह गन्तव्यको रूपमा विकसित गरिने

जनकपुरधामलाई विवाह गन्तव्यको रूपमा विकसित गरिने

520
Shares

जनकपुरधाम – संघीय सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्त्व बोकेको माता सीताको जन्मभूमि एवम् मधेसको राजधानी जनकपुरधामलाई विवाह गन्तव्यको रूपमा विकास गर्ने घोषणा गरेका छन् ।

अर्थमन्त्री डा. वाग्लेले शुक्रबार आगामी आर्थिक वर्ष २०८३/८४ का  लागि संघीय संसद्मा प्रस्तुत गरेको बजेटमार्फत सो घोषणा गरेका हुन् । रामजानकी पथ तथा रामजानकी परिक्रमा सडक स्तरोन्नतिका लागि बजेट विनियोजन गरिएको उनले जानकारी दिए। मधेस प्रदेशको लाइफ लाइनको रूपमा रहेको हुलाकी सडक तथा रेल्वेको विकास, पूर्व पश्चिम  राजमार्गको विकास तथा सडक स्तरोन्नति, पोषण कार्यक्रमलगायत मधेसको  शिक्षा, स्वास्थ्य  तथा खेलकुदको क्षेत्रमा बजेट विनियोजन गर्ने बजेट व्यक्तब्यमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij