काठमाडौं – आगामी आर्थिक वर्षका लागि सरकारले २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्दै उक्त आकार निर्धारण गरिएको जानकारी दिएका हुन् ।
सरकारका अनुसार पूँजीगत खर्च ४ खर्ब ३१ अर्ब र वित्तीय व्यवस्थापनतर्फ ४ खर्ब २२ अर्ब विनियोजन गरिएको छ ।त्यस्तै राजस्व संकलन १४ खर्ब ४ अर्ब हुने अनुमान गरिएको छ । वैदेशिक अनुदान ६१ अर्ब ७४ करोड र वैदेशिक ऋण २ खर्ब ४७ अर्ब रहनेछ । आन्तरिक ऋणबाट ४ खर्ब १० अर्ब जुटाइने सरकारको योजना छ । चालु खर्च १२ खर्ब ७० अर्ब रहने बताइएको छ ।
संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेको यो बजेट चालु आर्थिक वर्षको संशोधित अनुमानको तुलनामा २५ प्रतिशतले बढी हो। सरकारले बजेटमार्फत उत्पादन वृद्धि, डिजिटल रूपान्तरण र संघीयताको कार्यान्वयनलाई मुख्य प्राथमिकतामा राखेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij