२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

राष्ट्रपतिसमक्ष आगामी बजेटबारे अर्थमन्त्रीको औपचारिक ब्रिफिङ

राष्ट्रपतिसमक्ष आगामी बजेटबारे अर्थमन्त्रीको औपचारिक ब्रिफिङ

685
Shares

काठमाडौँ – आगामी आर्थिक वर्षको बजेट तयारी, आर्थिक सर्वेक्षण तथा सार्वजनिक संस्थानहरूको अवस्थाबारे अर्थ मन्त्रालयले राष्ट्रपतिसमक्ष औपचारिक जानकारी प्रस्तुत गरेको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेललाई शीतल निवासमा बिहीबार अपराह्न भेट गर्दै आगामी आर्थिक वर्ष २०८३-८४ को राजस्व र व्ययको अनुमानसहितको बजेटबारे विस्तृत विवरण दिएका हुन्।

भेटका क्रममा अर्थमन्त्रीले संसदमा यसअघि नै पेस गरिएका आर्थिक सर्वेक्षण २०८२र८३ तथा सार्वजनिक संस्थानहरूको वार्षिक स्थिति समीक्षा प्रतिवेदनसमेत राष्ट्रपतिलाई हस्तान्तरण गरेका थिए।

सरकारी स्रोतका अनुसार बजेट निर्माण प्रक्रिया अन्तिम चरणमा पुगेको छ। आगामी आर्थिक वर्षको बजेट शुक्रबार (जेठ १५ गते) अपराह्न ४ बजे संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्ने तयारी गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij