२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कर्मचारी सञ्चय कोषको सम्पत्ति छ खर्ब ४२ अर्ब ३५ करोड

कर्मचारी सञ्चय कोषको सम्पत्ति छ खर्ब ४२ अर्ब ३५ करोड

600
Shares

काठमाडौं – गत पुससम्म कर्मचारी सञ्चय कोषको सम्पत्ति तथा दायित्व  छ खर्ब ४२ अर्ब ३५ करोड बराबर पुगेको छ। सो अवधिमा सञ्चयकर्ताको सञ्चित रकम पाँच खर्ब ७८ अर्ब छ करोड बराबर छ।

कोषले विभिन्न क्षेत्रमा गरी  दुई खर्ब २९ अर्ब ४९ करोड बराबरको रकम लगानी गरेको छ। यस्तै  तीन खर्ब ८१ अर्ब ६१ करोड बराबरको कर्जा तथा सापटी प्रदान गरेको छ।

सर्वेक्षण अनुसार, गत पुस मसान्तसम्म नागरिक लगानी कोषको सम्पत्ति तथा दायित्व  तीन खर्ब १९ अर्ब ५० करोड बराबर पुगेको छ। सो अवधिमा बचतकर्ताको सञ्चित रकम  दुई खर्ब ८२ अर्ब ३७ करोड बराबर छ।

कोषले विभिन्न क्षेत्रमा एक खर्ब ९२ अर्ब ९४ करोड लगानी गरेको छ । ९१ अर्ब ५६ करोड बराबरको रकम कर्जा तथा सापटी प्रदान गरेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij