२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल एसियन गेम्स छनोटको सेमिफाइनलमा

नेपाल एसियन गेम्स छनोटको सेमिफाइनलमा

650
Shares

काठमाडौं–  नेपाल एसियन गेम्स छनोटको सेमिफाइनलमा पुगेको छ। बिहीबार इन्डोनेसियामाथि ४ विकेटको जित निकाल्दै नेपाल सेमिफानलमा पुगेको हो। अब नेपालले अन्तिम चारमा आयोजक टोली मलेसियासँग खेल्नेछ। मलेसियालाई हराएमा नेपाल एसियन गेम्समा छनोट हुनेछ।

बिहीबार इन्डोनेसियाले दिएको ११४ रनको लक्ष्य ६ विकेटको क्षतिमा ३ बल खेल्न बाँकी छदा पूरा गर्‍यो। नेपालको जितमा कप्तान इन्दू बर्माले नटआउट ४२ रन बनाइन्। उनले ४३ बलमा ५ चौका प्रहार गरिन्।

बलिङमा इन्डोनेसियाकी ने मेड र एसिआनीले २-२ विकेट लिए। त्यसअघि पहिले ब्याटिङ गरेको इन्डोनेसियाले ४ विकेटको क्षतिमा ११३ रन बनाए।

उसका लागि कप्तान सकारिनीले नटआउट ५६ रन बनाएकी थिइन्। बलिङमा नेपालकी मनिषा उपाध्यायले २ विकेट लिइन्। अब नेपालले मलेसियासँग पर्सी शनिबार प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij