काठमाडौँ – सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको सेयर लिलामीमार्फत बिक्रीमा ल्याएको छ। संस्थाले आजदेखि ७ हजार ६६१.४६ कित्ता संस्थापक सेयर बिक्री प्रक्रिया सुरु गरेको हो।
उक्त सेयरमा आवेदन दिन हालका संस्थापक सेयरधनीहरू मात्रै योग्य हुनेछन्। इच्छुक लगानीकर्ताले आवश्यक कागजातसहित सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ। आवेदन संस्थाको केन्द्रीय कार्यालय वा सेयर रजिस्ट्रार आरबिवि मर्चेन्ट बैंकिङमार्फत बुझाउन सकिने व्यवस्था गरिएको छ।
आवेदन दिँदा खरिद गर्न चाहेको सेयरको परिमाण स्पष्ट उल्लेख गर्नुपर्नेछ। तोकिएको अवधिभित्र संस्थापकहरूबाट आवेदन नआएमा बाँकी सेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने जानकारी संस्थाले दिएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij