काठमाडौं – गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन सम्बन्धी मानव अधिकार आयोगको प्रतिवेदन सार्वजनिक भएको छ । गत भदाै २३ र २४ गते भएकाे जेनजी आन्दाेलनकाे छानबिन गर्न आयाेगले समिति गठन गरेकाे थियाे ।
आयुक्त लिली थापाको संयोजकत्वमा बनेको छानबिन समितिले गरेको उक्त अध्ययन प्रतिवेदनका निर्णय र सरकारलाई गरिएको सिफारिसका केही बुँदा बुधबार सार्वजनिक गरिएको हो।
‘गत २०८२ भदौ २३ र २४ गतेको नवयुवा आन्दोलन क्रममा भएका मानवअधिकार उल्लंघनका सम्बन्धमा आयोगको मिति २०८३/२/१२ गतेको बैठकले निर्णय/सिफारिस गरी सिफारिस कार्यान्वयन गर्न नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई पत्राचार गरेको छ,’ आयोगका प्रवक्ता टीकाराम पोखरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij