काठमाडौँ –नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.९९ अकंले बढेर २७८२.१० बिन्दुमा कायम भएको छ । आज ३५४ कम्पनीको १ करोड ५२ लाख ४९ हजार कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ३ करोड ६४ हजार रुपैयाँको कारोबार भएको हो ।
यसदिन ९ उपसूचकमा हरियाली आएको छ भने ४ उपसूचक घटेको छ । आज १५१ कम्पनीको शेयर मूल्य बढेको छ भने १०५ कम्पनीको घटेको छ । १४ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।
आज सबैभन्दा धेरै आँखु खोला जलविद्युतको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ७१ करोड २२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी पावरको ४३ करोड २७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेशनल हाइड्रोपावरको ३२ करोड १५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij