२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आज साल्ट ट्रेडिङ्ग कर्पाेरेशनको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

आज साल्ट ट्रेडिङ्ग कर्पाेरेशनको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

765
Shares

काठमाडौं – साल्ट ट्रेडिङ्ग कर्पाेरेशन लिमिटेडको लाभांश सुरक्षित गर्ने आज जेठ १२ गते अन्तिम दिन रहेको छ। साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले भोलि जेठ १३ गतेदेखि २९ गतेसम्म बूक क्लोज गर्दैछ।

यस कम्पनीले हाल कायम चुक्ता पूँजीको ९.५० प्रतिशत बोनस शेयर र ०.५० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ। यो निर्णय पारितका लागि जेठ २९ गते शुक्रबार काठमाडौंको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान ११ बजे ५९औं वार्षिक साधारणसभा बोलाएको छ।

सभाले ऋण सुविधा लिने, कर्पाेरेशनको प्रबन्धपत्र तथा नियमावली स्वीकृत गर्ने, गत आर्थिक वर्षको वित्तीय विवरणहरू पारित गर्र्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने र सञ्चालक नियुक्ति अनुमोदन गर्ने प्रस्ताव पारित गर्नेछ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij