२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक सेयर बिक्रीमा

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक सेयर बिक्रीमा

885
Shares

काठमाडौं- नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले संस्थापक समूहतर्फको सेयर बिक्रीमा ल्याएको छ । बैंकका ६ जना संस्थापक सेयरधनीले आफ्नो नामको सेयर बिक्री गर्न निवदेन दिएबमोजिम बैंकले बिक्री प्रक्रिया अघि बढाएको हो ।

बैंकले २ लाख ४२ हजार ३५४ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । उक्त सेयर खरिद गर्न चाहने विद्यमान संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र काठमाण्डौको कमलादीस्थित बैंकको रजिष्ट्रार कार्यालयमा निवदेन दिन सक्नेछन् ।

तोकिएको म्यादभित्र कुनै पनि आवेदन नपरेको खण्डमा प्रचलित नियमअनुसार उक्त सेयर अन्य व्यक्ति तथा संस्थालाई बिक्री प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij