काठमाडौं- चालु आर्थिक वर्षमा नेपालमा उद्योग दर्ताको गति बढेको देखिएको छ। उद्योग विभागका अनुसार आर्थिक वर्ष सकिन तीन महिना बाँकी रहँदै ६५४ नयाँ उद्योग दर्ता भएका छन्, जुन गत वर्षभर दर्ता भएका ७०० उद्योगको नजिक पुगेको छ।
विभागका तथ्यांकअनुसार हाल दर्ता भएका यी उद्योगहरूले करिब ४ खर्ब ४७ अर्ब ७५ करोड रुपैयाँबराबरको प्रस्तावित लगानी गर्ने प्रतिबद्धता जनाएका छन्। ती परियोजनाहरू पूर्ण रूपमा सञ्चालनमा आए करिब ३३ हजार १६८ जनाले रोजगारी पाउने अनुमान गरिएको छ।
यसैबीच, हालसम्म देशभर दर्ता भएका उद्योगको कुल संख्या ११ हजार १० पुगेको छ। ती उद्योगहरूको प्रस्तावित कुल लगानी करिब ३७ खर्ब २७ अर्ब रुपैयाँ र सम्भावित रोजगारी ७ लाख ८५ हजार रहेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij