२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय

यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय

920
Shares

काठमाडौं – आज बसेको मन्त्रिपरिषद् बैठकले ४ निर्णय गरेकाे छ । सरकारका प्रवक्ता सस्मित पोखरेलले मन्त्रिपरिषद् बैठकले ४ निर्णय गरेकाे जानकारी गराए ।

  • आव ८३/८४ मा बर्खे धान बालीको न्यूनतम समर्थन मूल्य मोटो धानको ३६६० रूपैयाँ प्रति क्विन्टल र मध्यम धानको ३८६० रूपैयाँ प्रतिक्विन्टल तोक्ने ।
  • नेपाल चीन जोड्ने विद्युत प्रसारण लाइन आयोजना चिलिमे-केरुङ कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्तर पत्र स्वीकृत गर्ने ।
  • सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने ।
  • नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा सहसचिव मुकेश डंगोललाई नियुक्ति गर्ने ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij