काठमाडौं – नेपाली बजारमा आज जेठ १० गते आइतबार सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा २८ सय रुपैयाँले घटेको हो।
आज सुन प्रतितोला २ लाख ९० हजार ९ सय रुपैयाँ कायम भएको छ। शुक्रबार सुन प्रतितोला २ लाख ९३ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा १०५ रुपैयाँले घटेको छ । यससँगै आज चाँदी ५ हजार १० रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदी तोलाको ५ हजार ११५ रुपैयाँमा कारोबार भएको थियो।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij