२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

प्रथम कर्णाली पर्यटन महोत्सव सुरु

प्रथम कर्णाली पर्यटन महोत्सव सुरु

655
Shares

सुर्खेत – वीरेन्द्रनगरमा प्रथम कर्णाली पर्यटन महोत्सव सुरु भएको छ । तीन दिनसम्म चल्ने कार्यक्रममा कर्णाली प्रदेशको पर्यटन विकास, प्रवर्द्धन तथा दीर्घकालीन सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा उजागर गर्न सम्भावनाको खोजी गरिनेछ ।

कार्यक्रममा छिमेकी मुलुक भारतको उत्तर प्रदेश, उत्तराखण्ड र दिल्लीबाट पर्यटन व्यवसायी, लगानीकर्ता, प्रतिष्ठित बायर–सेलर, सञ्चारकर्मी, ट्राभल भ्लगर, ट्रेड प्रोफेसनल तथा पर्यटन क्षेत्रका विज्ञहरूको सहभागिता छ । सम्मेलनमा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पर्यटन व्यवसायी तथा यससँग सम्बद्ध व्यक्ति तथा संस्थाहरुको सहभागिता छ ।

नेपाल पर्यटन बोर्ड र वीरेन्द्रनगर नगरपालिकाको संयुक्त आयोजना, दैलेखको दुल्लू र गुराँस गाउँपालिकाको सहआयोजना तथा होटेल व्यवसायी महासंघ कर्णाली प्रदेशको समन्वयमा पहिलोपटक पर्यटन महोत्सव आयोजना भएको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij