काठमाडौं– नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ भने चाँदीको बढेको छ। आज सुन प्रतितोला १ सय रुपैयाँले घटेको छ भने चाँदी प्रतितोला ६५ रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार सुन प्रतितोला २ लाख ९३ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदी प्रतितोला ५ हजार १ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदी प्रतितोला प्रतितोला ५ हजार ५० रुपैयाँमा खरिदबिक्री भएको थियो।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij