काठमाडौं – मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नगेन्द्र मिश्र नियुक्त भएका छन्। संस्थाको सञ्चालक समितिको जेठ ७ गते दिउँसो ४ बजे बसेको २८८औं बैठकको निर्णयानुसार संस्थाको सीईओ पदमा नगेन्द्र मिश्रलाई नियुक्त गरिएको हो। मिश्रलाई जेठ ७ गतेदेखि लागू हुने गरी एक वर्षको लागि सीईओ पदमा नियुक्त गरिएको हो।
सुनसरी जिल्लाको प्रकाशपुर–२ घर भई हाल मोरङ जिल्लाको विराटनगर–८ निवासी नगेन्द्र मिश्र संस्थाकै नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) पदमा कार्यरत थिए।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij