२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्से ६.५१ अकंले घट्यो, ३ अर्ब ८ करोडको कारोबार

नेप्से ६.५१ अकंले घट्यो, ३ अर्ब ८ करोडको कारोबार

615
Shares

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६.५१ अकंले घटेर २७२४.३९ बिन्दुमा कायम भएको छ । आज३४६ कम्पनीको ७८ लाख १६ हजार ४७८ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ८ करोड ७७ लाख ३० हजार रुपैयाँको कारोबार भएको हो ।

यसदिन ९ उपसूचक राताम्य बनेका छन् । आज वाणिज्य बैंक समूहको ०.१० प्रतिशत, होटल तथा पर्यटन समूहको ०.५६ प्रतिशत, हाइड्रोपावर समूहको ०.५० प्रतिशतले शेयर मूल्य घटेको छ । त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ०.६८ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.२४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१९ अंक घटेको छ।

मंगलबार ११३ कम्पनीको शेयर मूल्य बढेको छ भने १४५ कम्पनीको घटेको हो । १२ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । आज सबैभन्दा धेरै सिटी होटलको शेयर कारोबार भउको छ । आज यस कम्पनीको २३ करोड ५३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शाहस ऊर्जाको ९ करोड १६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij