काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.०३ अकंले घटेर २७३०.९१ बिन्दुमा कायम भएको छ । आज ३३९ कम्पनीको ५८ लाख २८ हजार कित्ता शेयर किनबेच हुँदा २ अर्ब ४५ करोड ८ लाख रुपैयाँको कारोबार भएको हो ।
यसदिन ५ उपसूचकमा सामान्य सुधार देखिएको छ भने ८ उपसूचक ओरालो लागेको हो । सोमबार ११९ कम्पनीको शेयर मूल्य बढेको छ भने १३२ कम्पनीको घटेको छ । १८ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।
आज सबैभन्दा धेरै शासह उर्जाको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ८ करोड ४३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij