२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाली स्पीनर चम्केपछि १९४ रनमा समेटियो स्कटल्याण्ड

नेपाली स्पीनर चम्केपछि १९४ रनमा समेटियो स्कटल्याण्ड

465
Shares

काठमाडौँ- आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत सिरिजमा स्कटल्याण्डले नेपाललाई १९५ रनको लक्ष्य प्रस्तुत गरेको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको स्कटल्याण्ड ३९ ओभर एक बलमा १९४ रनमा समेटियो ।

टस जितेर ब्याटिङ थालेको स्कटल्यान्ड ३९.१ ओभरमा १९४ रनमै अलआउट भयो। ब्रेन्डन म्याकमुलेनले सर्वाधिक ७७ रन बनाउँदा माइकल लिस्कले पनि अर्धशतक बनाए। उनले यस्तै, जर्ज मुन्सीले २१ तथा मार्क वाटले २० रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

बलिङतर्फ नेपालका ललित राजवंशीले चार तथा सन्दीप लामिछानेले तीन विकेट लिँदा नन्दन यादव, दीपेन्द्र सिंह ऐरी र सोमपाल कामीले एक–एक सफलता हात पारे।

यसै खेलमा लामिछानेले एक दिवसीयमा सर्वाधिक छिटो १५० विकेटको विश्व किर्तिमान राखे।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij