काठमाडौं – मुक्तिनाथ विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा तारा मानान्धरले औपचारिक रूपमा पदभार सम्हालेका छन्।
बैंकको सञ्चालक समितिको ३७१औँ बैठकले मानान्धरलाई चार वर्षको कार्यकालका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको थियो। सो निर्णय २०८३ जेठ १ गतेदेखि लागू हुने गरी कार्यान्वयनमा आएको हो।
स्याङ्जा जिल्लाको हरिनास गाउँपालिका स्थायी घर भएका तथा हाल काठमाडौंको टोखा नगरपालिका–३ मा बसोबास गर्दै आएका मानान्धरले नयाँ जिम्मेवारी सम्हालेका हुन्।
बैंकले सामाजिक सञ्जालमार्फत उनलाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij