२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्से परिसूचक १.७७ अंकले बढ्यो

नेप्से परिसूचक १.७७ अंकले बढ्यो

840
Shares

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.७७ अकंले बढेर २७३१.९४ बिन्दुमा कायम भएको छ । आज ३३८ कम्पनीको ७९ लाख ३४ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ९ करोड ७९ लाख रुपैयाँको कारोबार भएको हो ।

अझै ६ उपसूचक राताम्य भएका छन् भने ७ उपसूचकमा सामान्य सुधार देखिएको हो । आज १२७ कम्पनीको शेयर मूल्य बढेको छ भने १२० कम्पनीको घटेको छ । २२ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको हो ।

आज दिनभरिमा ३३८ कम्पनीको ७९ लाख ३४ हजार ४४४ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ९ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै यूनियन हाइड्रोपावर कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३० करोड ६६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij