२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

दोल्ती पावर कम्पनीको खुद नाफा ३३ लाख ३७ हजार

दोल्ती पावर कम्पनीको खुद नाफा ३३ लाख ३७ हजार

645
Shares

काठमाडौं– दोल्ती पावर कम्पनी लिमिटेडले नाफा कमाउन सफल भएको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म ३३ लाख ३७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनीले १ करोड ३३ लाख घाटा व्यहोरेको थियो ।
कम्पनीको विद्युत बिक्री आम्दानी बढेको छ । कम्पनीले विद्युत बिक्रीमार्फत ७ करोड ८० लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले विद्युत बिक्रीबाट ६ करोड ९५ लाख रुपैयाँ आर्जन गरेको थियो ।

यो अवधिमा कम्पनीको कर्मचारी खर्च तथा प्रशासनिक खर्च बढेको छ। कम्पनीको कर्मचारी तथा प्रशासनिक खर्च २० लाख ५८ हजारबाट बढेर २९ लाख ४७ हजार पुगेको छ । यद्यपी कम्पनीको वित्तीय खर्च ४ करोड ४६ लाखबाट घटेर ३ करोड ५१ लाख रुपैयाँमा सीमित बनेको छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(इपीएस)वार्षिक ०.८३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ५८.५४ रुपैयाँ र मूल्य आम्दानी अनुपात ५७७.५१ गुणा कायम भएको छ ।

यो अवधिमा कम्पनीको रिजर्भको आकार भने २२ करोड २४ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ । कम्पनीले ८ करोड ५६ लाख अल्पकालिन कर्जा र ६० करोड ३८ लाख रुपैयाँ दीर्घकालिन कर्जा लिएको छ । कम्पनीको कुल चालु सम्पत्ति ९ करोड ८० लाख र कुल चालु दायित्व १० करोड ३७ लाख रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij