२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

‘इप्पान भिजन २०२९’ सार्वजनिक गर्दै उत्तम लामा भ्लोनको टिम घोषणा

‘इप्पान भिजन २०२९’ सार्वजनिक गर्दै उत्तम लामा भ्लोनको टिम घोषणा

910
Shares

काठमाडौं- स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) को आगामी जेठ २९ गते हुने निर्वाचनका लागि चुनावी गतिविधि तीव्र बनेको छ । उपाध्यक्ष उत्तम लामा भ्लोनले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै आफ्नो नेतृत्वमा नयाँ टिम सार्वजनिक गरेका छन् ।

भ्लोन नेतृत्वको टिमले ‘इप्पान भिजन २०२९’ सार्वजनिक गर्दै नेपाललाई ऊर्जा क्षेत्रमा आत्मनिर्भर बनाउने र दक्षिण एसियाको ऊर्जा केन्द्रका रूपमा विकास गर्ने लक्ष्य अघि सारेको छ ।

टिमले पीपीए अवरोध, प्रसारण लाइन अभाव र प्रशासनिक जटिलता समाधानलाई प्राथमिकतामा राखेको छ । टिमले जलविद्युत् आयोजनाको अनुमतिपत्र अवधि ५० वर्ष पुर्‍याउने, ‘एकद्वार प्रणाली’ लागू गर्ने तथा सहुलियतपूर्ण कर्जा व्यवस्था गर्नुपर्ने मागसमेत अघि सारेको छ ।

इप्पानमा वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालमा स्वतः अध्यक्ष हुने व्यवस्था छ। भ्लोनले इप्पानको वरिष्ठ उपाध्यक्षको लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।

उनको नेतृत्वमा उपाध्यक्षमा उत्तरकुमार श्रेष्ठ, हिम पाठक, सुसन कर्माचार्य र बिक्रम विष्ट टिममा समावेश भएका छन्। त्यसैगरी, महासचिवमा टिएन आचार्य र उपमहासचिवमा कविता कडेललाई अघि सारिएको छ।

कोषाध्यक्षमा नरेन्द्र बल्लभ पन्त समेटिएका छन्। कार्यसमितिको पाँच जना सचिवमा विजयमोहन भट्टराई, कुवेरमणि नेपाल, सुमन जोशी, शंकर बस्याल र अविज्ञा मल्ललाई उम्मेदवार घोषणा गरिएको छ।

त्यसैगरी सदस्यमा अनुप आचार्य, जगतबहादुर पोखरेल, कदम केसी, वर्णन लामिछाने, इसा श्रेष्ठ र प्रतिमा ज्ञवाली रहेका छन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij